कृषि उपज उत्पादक र व्यापारी बीच अन्तरक्रिया

  • ख-
  • ख+

दमौली: कृषि उपज उत्पादक र व्यापारी बीच अन्तरक्रिया गाेष्टी सम्पन्न भएकाे छ ।

कार्यक्रमकाे वितृत प्रस्तुतीकरण गरेका ज्ञानकेन्द्रका प्रमुख कुलचन्द्र तिवारीले तनहुँका तथा कृषि ज्ञान केन्द्रकाे पकेट क्षेत्रमा व्यवसायिक कृषकहरूकाे अवस्था र सफल कृषकहरूकाे व्यवसायिक याेजना सहितकाे सफलताकाे स्थिति प्रष्ट पारे।

कार्यक्रममा प्रमुख तिवारीले व्यवसायिक कृषकहरूकाे वास्तविक अवस्थाकाे बारेमा विश्लेषणात्मक प्रस्तुतीकरणका साथै सबै मिली कृषि उपजकाे उत्पादन मा जाेड दिदै बजारकाे पहुँच सुनिश्चित गर्न सबै सराेकारवाला संयन्त्र एकजुट भई समन्वय गर्नुपर्ने धारणा राखेका थिए।

कार्यक्रमकाे उद्देश्य बारे कृषि विकास निर्देशनालय का अर्थ विज्ञ अधिकृत शशी अधिकारीले संघीयता पहिले र संघीयता पछि ३तहकाे सरकार वनिसकेपछि कृषि उपजकाे अवस्था र वजार ब्यवस्थापन काे स्थिति र भावि याेजनाकाे माग आवश्यकता बारे आयाेजित अन्तरक्रिया कार्यक्रम उपलब्धिपूर्ण रहेकाे धारणा राखेकी थिइन्।

कार्यक्रममा सहभागी हरूलाई ३समूह बनाई कृषि उपज उत्पादन तथा वजार व्यवस्थापन का समस्या र अवकाे मागमा आधारित प्राथमिकताका याेजना कस्ता ,भन्ने सम्बन्धमा समूह छलफल गराइएकाे थियाे। कार्यक्रममा कृषक र व्यापारी विचकाे दुरी कसरी निकट राख्ने उत्पादित उपजलाई व्यावसायिक रूपमा बजारसँग कसरी जाेड्ने,वजारकाे माग र उत्पादन कसरी सन्तुलन राख्ने लगाएतका विषयमा अन्तरक्रिया गरिएकाे थियाे।

कृषकहरूले स्थानीय तहहरूले कृषिका कार्यक्रमहरूलाई वढी जाेड दिनुपर्ने,प्रदेश सरकारले पनि कृषिको पकेट क्षेत्र पहिचान गर्दै कृषिमा लगानी गर्नुपर्ने,केन्द्रीय सरकारले साेहीअनुरूपका नीति नियम र कृषीमैत्री वातावरण काे व्यवस्थापन गर्नुपर्ने धारणा राखेका थिए।

कार्यक्रममा वास्तविक कृषक पहिचान गर्नुपर्ने,वजार व्यवस्थापन सरकारलेनै गरिदिनुपर्ने,कृषि सहकारीहरूलाई तथा कृषकहरूलाई सस्तो ब्याजमा ऋण प्रवाह गर्नुपर्ने लगाएतका विषयक्षेत्रसँग समन्धित माग र आवश्यकता व्यक्त गरेका थिए।

कृषि विकास निर्देशनालय गण्डकी प्रदेशकाे आयाेजनामा सञ्चालित कार्यक्रममा विभिन्न कृषि सहकारी का पदीय सदस्यहरू,स्थातहका कृषि प्राविधिकहरू,ब्यापारीरू,कृषकहरू तथा पत्रकारहरूकाे सहभागीता रहेकाे थियाे।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी