न्यू स्टारको फुटबलमा आयोजक विजयी, दोभान उप विजेता

  • ख-
  • ख+

दमौली: न्यू स्टार युनाइटेड क्लबको आयोजनामा संचालित सेभेन ए साइड खुल्ला पुरुष फुटबल प्रतियोगितामा आयोजक न्यू स्टार युनाइटेड ‘सी’ विजयी बनेको छ ।

बीपी वन वाटिका खेल मैदानमा संचालित प्रतियोगिताको फाइनलमा दोभान युवा क्लब ‘
ए’लाई ३ -० ले पराजित गर्दै न्यू स्टार विजयी भएको हो ।

यसैगरी महिलातर्फको फाइनल खेलमा एन्फा तनहुँको महिला टिमलाई ३-० ले हराउँदै कास्कीको भदौरे खेल एकेडेमी विजयी बनेको छ ।प्रतियोगिताका विजेतालाई प्रमुख अतिथि व्यास नगरपालिकाका गैर आवासीय युवा सल्लाहकार समाजसेवी रजनजंग शाहीले पुरस्कार वितरण गरे ।

प्रतियोगितामा न्यु स्टार ‘सी’का रोशन दोङ बेस्ट डिफेन्स, रोमन थापा मगर बेस्ट किपर तथा क्याप्टेन दिपेश आले मगर बेस्ट प्लेयर घोषित भएका छन् ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहीले आफू ३० वर्ष अघि घाँसको मैदानमा फुटबल खेलेको स्मरण गर्दै अहिले व्यवस्थित मैदान नहुनु दुःखद् भएको बताए ।


उनले खेलका लागि यहाँका युवामाझ सहकार्य गर्न आफू तयार रहेको प्रतिवद्धता जनाए ।
क्लबका संरक्षक एवं व्यास युवा क्लबका अध्यक्ष मीनबहादुर गुरुङ चरिबाबाले खेल मैदान व्यवस्थित पार्नका लागि व्यास नगरपालिकाले पहल गर्नुपर्ने बताए ।

क्लबका अध्यक्ष चोकप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश महिला फुटबलका प्रमुख प्रशिक्षक सोम थापा, व्यास नगरपालिकाका प्रेस सल्लाहकार प्रदीप काफ्ले, फुटबल ग्राउण्ड निर्माण सरोकार समितिका संयोजक भुवन गोशली, फुटसल संघ तनहुँका अध्यक्ष कुमार श्रेष्ठ, राष्ट्रिय सरोकार मञ्चका केन्द्रीय सदस्य उज्वल भट्टराईलगायत उपस्थित थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्