दमौलीमै चप्पल उत्पादन शुरु, जुुत्तादेखि साबुन र सीएफएलसम्म उत्पादनको योजना

  • ख-
  • ख+

दमौलीः दमौलीका युवाले व्यास ४ चुरेखोल्सीमा सञ्चालनमा ल्याएको व्यास गण्डकी चप्पल उद्योगले उत्पादन थालेको छ । केही अघि स्थापित भए पनि श्रीपञ्चमीबाट उत्पादन बजारमा ल्याएको कम्पनीका म्यानेजिङ डाइरेक्टर मनोज राउतले जानकारी दिए ।


झण्डै साढे २ करोडको लगानीमा स्थापित उद्योगले तनहुँ बाहिर पनि बजार विस्तार गर्ने उद्देश्य बोकेको उनले बताए ।


स्थानीय बजार मात्र नभई बाहिर पनि चप्पलको माग बढीरहेको दयाराज कट्टेलले बताए ।
हाल उत्पादित चप्पल तनहुँको दमौली, भिमाद, आबुँखैरेनी, खैरेनीटार, चन्द्रावती लगायत बजारमा पठाइएको राउतले बताए ।


बीजी ग्रुपले चप्पल उद्योगका अलावा आफ्नो २ रोपनी जग्गामा लोकल, ब्रोइलर, कडकनाथ प्रजातिका कुखुरापालन र व्यवसायिक तरकारी खेती समेतको योजना बनाइरहेको अध्यक्ष पदमबहादुर थापा मगरले बताए ।


केही महिनाभित्र कम्पनीले जुत्ता, साबुन, सिएफएल चिम लगायतका उत्पादन थप्ने योजना बनाएको उनले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी