शिव माविको स्वर्ण जयन्तीः एक वर्षभित्र प्राविधिक शिक्षाको सम्बन्धन ल्याउने भट्टराईको घोषणा

  • ख-
  • ख+

बन्दीपुरः तनहुँ जिल्लाको बन्दीपुर– ३ सेराटारमा रहेको शिव माध्यामिक विद्यालयले स्वर्ण जयन्ती मनाएको छ । विद्यालय स्थापना भएको ५० वर्ष पूरा भएको अवसर पारेर विद्यालयले मंगलबार स्वर्ण जयन्ती मनाएको प्रधानाध्यापक दीपबहादुर खत्रीले जानकारी दिए ।

कार्यक्रमको उद्घाटन गर्दै कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईले विगतमा माओवादीहरूले कथित जनयुद्धका नाममा जनताका छोराछोरीहरूलाई बन्दुक बोकाएर बुर्जुवा शिक्षा भनेर लाखौँ विद्यार्थीको भविष्य अन्धकार बनाइदिएको बताए ।

नेता भट्टराईले विद्यालयमा प्लस टु अध्ययनका लागि कृषि शिक्षा विषय थप गर्न सहयोग गर्ने आश्वासन दिएका छन् । उनले एक वर्षभित्र कृषि शिक्षाको सम्बन्धनका विद्यालयमा आउने बताएका छन् ।

कांग्रेस केन्द्रीय सदस्य एवं जनसम्पर्क विभागका समेत प्रमुख रहेका भट्टराईले विद्यालयलाई खानेपानीको व्यवस्था गरिदिएका थिए । विद्यालयले दीर्घ सेवा सम्मानबाट शिक्षक सुन्दरमान कुँवरलाई सम्मान समेत गरेको छ । कुँवरले विद्यालयमा ३८ वर्ष सेवा गरेका छन् ।

कार्यक्रममा कांग्रेस महासमिति सदस्य दीपक भट्टराई, कांग्रेस तनहुँका पूर्व उप सभापति ध्रुवलाल प्रधान, कांग्रेस जिल्ला सदस्य सुरेश भट्टराई, बन्दीपुर सभापति कर्ण खत्रीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विद्यालयमा यसअघि स्थापना भएको एक लाख १ हजारको अक्षय कोषमा समाजसेवी ध्रुबकुमार श्रेष्ठले एक लाख ५० हजार थपेर दुई लाख ५१ हजार पु¥याइदिएको प्रधानाध्यापक खत्रीले बताए ।

विद्यालय सञ्चालनका लागि स्व.दामोदर उपाध्याय, स्व.गोपीनाथ उपाध्याय, विष्णुप्रसाद भट्टराई मधुविलास भट्टराई, ओमप्रकाश भट्टराई, सोमप्रकाश भट्टराई र नरबहादुर खत्रीले जग्गा दिएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी