भलिबलमा ज्योति युवा क्लबलाई हराउँदै बन्दीपुर विजयी

  • ख-
  • ख+

विकास खनाल

म्याग्दे : ज्याेति युवा क्लब हर्षपुरकाे अायाेजनामा भएको म्याग्दे गाउँस्तरीय भलिबल खेलकाे उपाधि बन्दीपुरले जितेको छ । ज्याेति युवा क्लब म्याग्दे गाउँपालिका वडा नं ७ हर्षपुरमा सञ्चालन भएको गाउँ तथा वडास्तरिय भलिबल प्रतियोगितामा अायाेजक ज्याेति युवा क्लब हर्षपुर टिमलाई हराउँदै बन्दीपुरले उपाधि जितेको हाे ।

बिजेता टिमलाई म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले पुरस्कार प्रदान गरिन् । पुरस्कार वितरण गर्दै अध्यक्ष रानाले युवाहरूको लागि खेल अपरिहार्य रहेको बताइन् । खेलकुदकाे माध्यमबाट गाउँपालिकालाई चिनाउन तथा युवाहरूलाई खेलप्रति अाकर्सित गर्न पनि यस्ता किसिमको प्रतियोगिता समयसमयमा भइरहन पर्ने अध्यक्ष रानाको भनाइ थियाे ।

प्रतियोगितामा प्रथम , द्धितिय र तृतीय हुने टिमलाई क्रमश नगद १५ हजार , १० हजार र ५ हजार तथा शिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा कार्यपालिका सदस्य रामकृष्ण वि क , क्याप्टेन वीरबहादुर थापा लगायतका बक्ताहरूले बाेलेका थिए । ज्याेति युवा क्लबका अध्यक्ष दुतबहादुर थापाकाे अध्यक्षतामा भएको कार्यक्रमकाे सञ्चालन मनाेज रानाले गरेका थिए । फागुन १ गतेदेखि सञ्चालन भएको उक्त खेलमा १७ टिमको सहभागीता रहेको सचिव विसाल शाहीले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी