रोटरीको सक्रियतामा बन्दीपुरको धरमपानीमा एक्सरे तथा ईसीजी सेवा शुरु

  • ख-
  • ख+

बन्दीपुरः बन्दीपुर ६ धरमपानी स्वास्थ्य चौकीमा एक्सरे तथा ईसीजी सेवा शुरु भएको छ । रोटरी क्लब अफ पाटन वेष्टको सक्रियतामा चौकीका लागि झण्डै पाँच लाख बराबरका ईसीजी तथा एक्सरे मेसिन उपलब्ध गराइएको हो ।


बन्दीपुर सामाजिक विकास समितिका अध्यक्ष डा. मदन पियाको पहलमा रोटरी क्लब अफ पाटन वेष्टले जापानिज रोटरीयनहरु समेतको सहयोगमा चौकीका लागि ती सामग्री उपलब्ध गराएको गाउँपालिकाकी उपाध्यक्ष करुणा गुरुङले जानकारी दिइन् ।


यस अघि नै गाउँपालिकाले चौकीका लागि टेक्निसियनसहितको ल्याब स्थापनाका लागि सघाएको छ । चाँडै नै गाउँपालिकाले एम्बुलेन्ससमेत उपलब्ध गराउने उपाध्यक्ष गुरुङले जानकारी दिइन् ।


हालै आयोजित कार्यक्रममा रोटरी क्लब पाटन वेष्टले गाउँपालिका अध्यक्ष पूर्णसिं थापा, उपाध्यक्ष गुरुङसहितको उपस्थितिमा ती उपकरण हस्तान्तरण गरेको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी