‘व्यास ३ को विकास देश विदेशमा पुगेको छ’

  • ख-
  • ख+

दमौलीः दमौली अनशन चौतारीमा सडक छेउमा फूलबारी तयार पारिएको छ । व्यास ३ वडा कार्यालयको आर्थिक सहयोग र पराशर टोलको सक्रियतामा सडक छेउमा फूलबारी तयार पारिएको हो ।

फूलबारीको व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले उद्घाटन गरे । उनले व्यास ३ को विकासबाट अरु धेरै वडा र देश विदेशका दमौलीवासी समेत प्रभावित भएको बताए ।

‘यस ठाउँमा देखिएको परिवर्तनबाट देश विदेशमा बस्ने दमौलीवासी प्रभावित भएका छन्,’ उनले भने,‘त्यसकारण पनि होला २ र ३ वडालाई एउटै बनाएर विकास गर्न सर्वदलीय संयन्त्रबाट निर्णय पनि भएको थियो । ’ तर नगर सभाले भने बेग्ला बेग्लै राख्ने निर्णय गरेको उनले बताए ।


व्यास नगरलाई फूलको सहरका रुपमा विकास गर्ने अवधारणाअनुरुप फूलबारी तयार पारिएको वडा सदस्य रबिन पौडेलले बताए ।

कृषि ज्ञान केन्द्रको अगाडिपट्टी निर्माण गरिएको फूलबारीमा विभिन्न जातका फूल रोपिएका छन् । वडाबासीले नै फूलबारीको रेखदेख गर्नेछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी