वन डिभिजन तनहुँ गण्डकी प्रदेशमै उत्कृष्ट

  • ख-
  • ख+

दमौलीः वन डिभिजन कार्यालय तनहुँ गण्डकी प्रदेशमा उत्कृष्ट घोषित भएको छ । प्रदेशभरका डिभिजनमध्ये तनहुँलाई उत्कृष्टका रुपमा गण्डकी प्रदेश सरकारले पुरस्कृत गरेको हो ।


प्रदेश सरकारको तेश्रो वार्षिकोत्सव मनाउन पोखरामा आयोजित कार्यक्रममा मुख्यमन्त्री पृथ्वीशुब्बा गुरुङको उपस्थितीमा प्रदेश प्रमुख अमिक शेरचनले डिभिजन तनहुँका प्रमुख कोमलराज काफ्लेलाई पुरस्कृत गरे ।

नगद २० हजार र प्रमाणपत्रका साथमा पुरस्कृत गरिएको थियो । कार्यालयको एक वर्षको समग्र व्यवस्थापनका आधारमा तनहुँ डिभिजनलाई उत्कृष्ट घोषणा गरिएको प्रदेश सरकारले जनाएको छ ।

सोही कार्यक्रममा डिभिजन तनहुँका पूर्व प्रमुख एवं कास्की डिभिजन प्रमुख केदार बराललाई गण्डकी प्रदेशको प्रदेश निजामती सेवा पुरस्कारबाट पुरस्कृत गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्