नेपालमा प्रयोग भैरहेको खोपलाई विश्व स्वास्थ्य संगठनको मान्यता

  • ख-
  • ख+

जेनेभाः नेपालसहित दक्षिण एसियामा मूलरुपमा प्रयोगमा आइरहेको कोभिशिल्ड खोपले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)बाट मान्यता पाएको छ ।


अक्सफोर्ड–अस्ट्राजेनिकाले विकास गरेको यस्तो खोपलाई आपतकालीन प्रयोगका लागि भन्दै संगठनले मान्यता दिएको हो । कोभिड–१९ को महामारीसँग संघर्षरत कमजोर एवं गरिब राष्ट्रलाई खोप प्रदान गर्न यसले सहज बनाउने भन्दै डब्लुएचओले यसप्रकारको मान्यता दिएको हो ।


अस्टाजेनिकाको खोपलाई विश्वकै ठूलो खोप उत्पादक भारतको सेरम इन्स्टिच्युटले कोभिशिल्डका रुपमा उत्पादन गरिरहेको छ ।
डब्लुएचओले यसअघि फाइजरले विकास गरेको खोपलाई मान्यता दिइसकेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्