जेसिज धाराः अनशन चौतारीमा अब बटुवालाई निःशुल्क पानी

  • ख-
  • ख+

दमौलीः दमौली अनशन चौतारा पुग्ने जोकोहीले अब निः शुल्क शुद्ध पीउने पानी पाएका छन् । जेसीआई व्यास नगरले व्यास ३ वडा कार्यालयसँग सहकार्य गरेर निर्माण गरेको जेसीज ढुङ्गे धाराबाट पानी वितरण शुरु भएको छ ।


दमौली अनशन चौतारीस्थित दमौली अस्पताल जाने बाटोमा निर्मित धाराको व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेले उद्घाटन गरे । उनले बटुवालाई पानी दिने पुरानो धारा संस्कृति ब्युँत्याएको भन्दै जेसिजको प्रशंसा गरे । ‘पहिले पहिले गाउँघरमा बटुवालाई बाटोमा पानी खुवाउन धारा बनाइन्थ्यो,’ उनले भने,‘अहिले सहरमा पनि यस्तो परम्परा शुरु गर्नु प्रशंसायोग्य छ ।’

????????????????????????????????????

उनले जेसिआई व्यास नगरले गरेका सामाजिक क्रियाकलापको पनि सराहना गरे । व्यास ३ वडा नमूना बनेको भन्दै उनले अरुले पनि यसबाट सिकिरहेको बताए । व्यास ३ का वडा अध्यक्ष प्रेमकुमार श्रेष्ठले वडामा धेरै काम भएको भन्दै पहिलेभन्दा मुहार परिवर्तन भएको बताए । उनले धारालाई निःशुल्क पीउने पानीको प्रवन्ध गरेको भन्दै जेसिजको सराहना गरे ।


वडा सदस्य रबिन पौडेल अस्पताल जाने तथा विभिन्न सभा समारोहमा आउनेका लागि पीउने पानीको अभाव भएको भन्दै युवाको सामाजिक संस्थाले काम गर्छु भने पछि सघाएको बताए । ‘यहींको स्थानीय क्लबले काम गर्छु भनेकाले सघाएका हौं,’ उनले भने ।


जेशिआई व्यास नगरका अध्यक्ष लक्षमीभक्त खनालले सार्वजनिक स्थलमा धेरै मानिस आउने भए पनि पानी किन्नुपर्ने भएकाले पुरानै शैलीमा धारा बनाएको बताए ।
निर्माण समिति संयोजक सुरेश पुरीले तीन लाख २० हजार रुपैयाँ लागतमा धारा निर्माण सम्पन्न भएको जानकारी दिए ।


क्लबले मूलबाट आएको पानी युरो गार्डमार्फत प्रसोधन गरेर पीउने प्रवन्ध गरिएको जनाएको छ । यसका लागि दुई बेग्लै ट्यांकीको व्यवस्था क्लबले गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी