नेपाली कांग्रेसको विरोध सभामा घर्तीको सम्बोधन

  • ख-
  • ख+

दमौलीः प्रतिनिधि सभा विघटनविरुद्ध निरन्तर आन्दोलनमा रहेको कांग्रेसले तनहुँमा सोमबार पनि विरोध सभा गरेको छ ।


बीपी स्मृति भवन व्यास ३ मा आयोजित कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य दिलबहादुर घर्तीले प्रधानमन्त्री केपी शर्मा ओलीले स्वेच्छाचारी कदम चालेका कारण प्रतिनिधि सभा विघटन भएर देश संकटपूर्ण अवस्थामा पुगेको बताए ।


घर्तीले न्यायपालिकाले यसलाई निष्पक्ष ढंगले निरुपण हुने विश्वास व्यक्त गरे ।


कार्यवाहक सभापति जीतप्रकाश आलेको सभापतित्वमा भएको कार्यक्रममा पूर्व सभापति रघुनाथ पौडेल, क्षेत्रीय सभापति उदयराज गौली, महासमिति सदस्य प्राडा कृष्णप्रसाद गौतम, सचिव लक्ष्मी आचार्य, महाधिवेशन प्रतिनिधि सरिता गुरुङलगायत नेताहरुले सम्बोधन गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्