मुलपानीबाट तनहुँसुरसम्म ‘इको ट्रेक’

  • ख-
  • ख+

दमौली: पर्यटकीय तनहुँसुर क्षेत्रमा पर्यावरणीय पर्यटनको सर्वेक्षण गरिएको छ ।
व्यास ११ मा मुलपानी देखि तनहुँसुरसम्म इको ट्रेक रुटका लागि पर्यटनविज्ञ सहितको टोलीले दुई दिन लगाएर मार्गको सर्वेक्षण गरेको हो ।


मुलपानीदेखि तनहुँसुरसम्म ६.५ किलोमिटरको उक्त टे«ल समुन्द्र सतहबाट ५ सय मिटरको उचाईबाटसुरु हुने र १२सय ५० मिटरको उचाईमा समाप्त हुने पर्यटनविद् हरिसिं गुरुङले जानकारी दिए ।

सर्वेक्षणका क्रममा ट्रेकिङ रुटमा पर्ने समुदायसँग छलफल, पर्यटकीय सम्पदाको पहिचान, नंक्शाङ्कन, वन्यजन्तु तथा वनस्पतिको वस्तुस्थिती विश्लेषण , पूर्वाधार विकास गर्न पर्ने क्षेत्रहरुको छनोट गरिएको बताइएको छ ।


रुट सञ्चालनपूर्व रुटको वरिपरि हरियाली र आकर्षक देखिने खालका वृक्षारोपण गर्ने, केही अप्ठ्यारो ठाउँ मिलाउने, साइनबोर्ड, सुचनापाटी राख्ने लगायतका काम गरिने गुरुङले बताए । तनहुँसुरमाहोमस्टे, सांस्कृतिक एवं ऐतिहासिक सम्पदालगायतपहिल्यै भएकाले पूर्वाधार थप्ननपर्ने हुनाले इको टे«ल निर्माणको लागिठुलो लागत नपर्ने गुरुङको भनाई छ ।


हरियाली वातावरण, पानीको स्रोत, सांस्कृतिक, धार्मिक तथा पुरातात्विक सम्पदा पनि समेटिएकाले यो रुट अति नै उत्कृष्ट सावित हुने गुरुङको दाबी छ ।
संविधानसभा सदस्य रामचन्द्र पोख्रेलले जैविक विविधताको संरक्षण अति महत्वपूर्ण भएकाले विकास गर्दा जैविकविविधतालाई विशेष ध्यान दिन आग्रह गरे ।


वडाअध्यक्ष निरबहादुर खड्काले स्थानीय सम्भावना बेचेर जीवनस्तर उकास्न पर्यटकीय गतिविधिलाई महत्व दिइएको बताए ।
डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले चमेरो प्राकृतिक दृष्टिकोणले अति नै महत्वपुर्ण भएपनि संरक्षणको अभावले लोप हुने खतरामा पुगेको बताए ।


स्थानीयलाई व्यवसायिक कृषि, वन र पर्यटन विकाससँग सम्बन्धीक्रियाकलाप सञ्चालनको लागिव्यास नगरपालिका र एसजिपि, जिईएफलगायतका कार्यक्रममार्फत सहयोग भएकोे तनहुँसुर देवस्थल होमस्टे सञ्चालन समितिकी सदस्य मनिषा रानाले बताइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी