म्याग्देमा स्थानीय पाठ्यक्रम सम्बन्धि अन्तर्क्रिया

  • ख-
  • ख+

विकास खनाल

म्याग्दे : म्याग्दे गाउँपालिकाकाे स्थानीय पाठ्यक्रम कक्षा १ – ५ निर्माण गर्ने उद्देश्यले २ दिने स्थानीय पाठ्यक्रम सम्बन्धि अन्तरक्रिया बेलटारमा सम्पन्न भएको छ । अन्तरक्रियाकाे समापन गर्दै म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले केन्द्रमा निर्मित पाठ्यक्रमले स्थानीय बिषय बस्तु र अावस्यकता महशुस गर्न नसक्ने हुँदा स्थानीय पाठ्यक्रमकाे अावस्यकता परेको हुँदा कार्यक्रम राखेको बताइन् ।

गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले दुई दिने अन्तरक्रियाले म्याग्देकाे परिचय दिने खालको पाठ्यक्रम तयार हुने बताए । प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ मा भएको प्रावधान अनुसार स्थानीय तहले अाधारभुत तहमा १०० पुर्णाङ्ककाे स्थानीय पाठ्यक्रम निर्माण गरि लागू गर्न पाउने ब्यबस्था गरेको जानकारी दिए ।

साे अवसरमा शिक्षा बिकास तथा समन्वय इकाई तनहुँ प्रमुख रमाकान्त शर्माले कार्यक्रम निकै सान्दर्भिक र महत्त्वपूर्ण भएको बताए । कार्यक्रममा सुर्यमाेहन काफ्ले , राजेन्द्र भण्डारी अशाेकचन्द्र वाग्ले , विजयराज खनाल , पवित्रा घिमिरे , रमेशबाबू भट्टराई , नारायणप्रसाद खनाल , सागर अाचार्य लगायत, बुद्धिसागर खनाल र भट्टराईले स्थानीय पाठ्यक्रम बिकास तथा कार्यान्वयन मार्गदर्शन २०७६ मा अाधारित रहेर धारणा राखेका थिए ।

कार्यपालिका सदस्य , वडा सदस्य , शिक्षक , ब्यबस्थापन समिति , बुद्धिजीवी, शिक्षाप्रेमि लगायतको उक्त कार्यक्रममा उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्