अवैध उत्खनन् गर्दै गरेका तीन साधनलाई ४४ हजार जरिवाना

  • ख-
  • ख+

दमौलीः तनहुँ प्रहरीले अवैध रुपमा उत्खनन् गरेका तीन सवारी साधन नियन्त्रणमा लिएको छ । उनीहरुबाट स्थानीय सरकारहरुले ४४ हजार रुपैयाँ जरिवाना असुल गरेका छन् ।


तनहुँ आँबुखैरेनी गाउँपालिका वडा नं. ३ कुडुलेघाट स्थित मर्स्याङ्दी नदीबाट नदीजन्य पदार्थको अवैध उत्खनन् गर्दै गरेको बा २ क ४३५३ नं. को एक्साभेटर तथा तनहुँ भानु नगरपालिका वडा नं. ११ पाउँदीखोलाबाट ग्राबल ढुङ्गा अवैध रुपमा उठाईरहेको ग १ त ९८४० र ग ६ त ६६२ नं. नम्बरका ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।


आँबुखैरेनीको मस्र्याङदी किनारबाट नियन्त्रणमा लिइएको एक्साभेटर आँबुखैरेनी गाउँपालिका कार्यालय तथा भानुबाट नियनत्रणमा लिइएको ट्याक्टर भानु नगरपालिका कार्यालयमा बुझाईएकामा एक्साभेटरले २० हजार र ट्याक्टरले १२ हजारका दरले २४ हजार जरिवाना बुझाएको प्रहरी प्रवक्ता डिएसपी युवराज तिमल्सेनाले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी