म्याग्देमा स्थानीय पाठ्यक्रम सम्बन्धि अन्तरक्रिया

  • ख-
  • ख+

विकास खनाल

म्याग्दे : म्याग्दे गाउँपालिकाकाे स्थानीय पाठ्यक्रम कक्षा १ – ५ निर्माण गर्ने उद्देश्यले २ दिने स्थानीय पाठ्यक्रम सम्बन्धि अन्तरक्रिया म्याग्दे गापा स्थित बेलटारमा सुरु भएको छ ।

अन्तरक्रियाकाे अाइतवार १ कार्यक्रमका बिच म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले ब्यानर पढेर उद्घाटन गरिन् । साे अबसरमा प्रमुख अतिथि रानाले केन्द्रमा निर्मित पाठ्यक्रमले स्थानीय बिसय बस्तु र अावस्यकता महशुस गर्न नसक्ने हुँदा स्थानीय पाठ्यक्रमकाे अावस्यकता परेको बताइन् ।

कार्यक्रममा बिशिस्ट अतिथि म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले दुई दिने अन्तरक्रियाले म्याग्देकाे परिचय दिने खालको पाठ्यक्रम तयार हुने बताए ।

त्यस्तै प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ मा भएको प्रावधान अनुसार स्थानीय तहले अाधारभुत तहमा १०० पुर्णाङ्ककाे स्थानीय पाठ्यक्रम निर्माण गरि लागू गर्न पाउने ब्यबस्था गरेको जानकारी दिए ।

साे अवसरमा स्थानीय पाठ्यक्रम निर्माण समितिका संयाेजक श्रीबहादुर थापा , पुर्व जिविस सभापति विश्व बहादुर अधिकारी , शिक्षा बिकास तथा समन्वय इकाई तनहुँ प्रमुख रमाकान्त शर्मा , म्याग्दे गाउँपालिकाका प्रवक्ता एवं वडा नं १ का अध्यक्ष शिवसरण वाग्ले , २ का अध्यक्ष चन्द्रबहादुर रानाभाट , ५ का अध्यक्ष बसन्त अाले , ६ का अध्यक्ष लगायतले स्थानीय पाठ्यक्रम बिकास तथा कार्यान्वयन मार्गदर्शन २०७६ मा अाधारित रहेर अाअाफ्नाे धारणा राखेका थिए ।

कार्यपालिका सदस्य , वडा सदस्य , शिक्षक , ब्यबस्थापन समिति , बुद्धिजीवी, शिक्षाप्रेमि लगायतको उक्त कार्यक्रममा उपस्थिति रहेको थियो । गापा अध्यक्ष मायादेवी रानाको अध्यक्षतामा भएको उक्त कार्यक्रमकाे स्वागत बुद्धिसागर खनालले र सञ्चालन महेश भट्टराईले गरेका थिए । अन्तरक्रियामा रमाकान्त शर्मा र बुद्धिसागर खनाल सहजकर्ता बनेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्