विवाद रोक्न प्रशासनको जुक्तिः प्रशासनमा पहिले पुग्नेलाई सभाहल (सहमति पत्र सहित)

  • ख-
  • ख+

दमौलीः शनिबारको जनसांस्कृतिक महासंघ र जनयुद्ध दिवस कार्यक्रममा विवादको टुंगोसँगै अबका दिनमा नेकपाका दुवै खेमाबीच कार्यक्रम गर्दाका लागि एउटा नियम बनाइएको छ ।

तनहुँ प्रशासनले तयार पारेको नियमका अनुसार अब नेकपाका दुवै पक्षमध्ये प्रशासन कार्यालयमा पहिले पुग्नेले हल पाउने भएको छ ।

शनिबारको कार्यक्रममा जनयुद्ध दिवस मनाउन तयारी गरेको प्रचण्ड नेपाल र जनसांस्कृतिक महासंघको कार्यक्रम तय गरेको ओली पक्ष दुवैले आफू नै पहिले पुगेको दाबी गरे पछि प्रशासनले मध्यमार्गी विकल्प निकालेको हो ।

तनहुँ प्रशासनमा गरिएको नेकपाका दुई खेमाबीचको सहमति पत्र

प्रमुख जिल्ला अधिकारी सागर आचार्यका अनुसार विवाद चर्कन नदिन यस्तो सहमति गरिएको हो । आचार्यका अनुसार दुवै पक्षले पहिले आयोजनाको तयारी गरेको दाबी गरे पछि प्रशासनलाई जानकारी गराउने सहमति भएको हो ।


सहमति पत्रमा प्रचण्ड नेपाल खेमाका केन्द्रीय सदस्य प्रतपलाल श्रेष्ठ, गण्डकी कमिटि सदस्य शंकरनारायण श्रेष्ठ, जिल्ला सचिव राजेन्द्रकेशरी न्यौपाने तथा नगर अध्यक्ष श्रीराम कार्कीको हस्ताक्षर छ ।


यसै गरी, ओली खेमानिकट राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने तथा नेताहरु श्रीप्रसाद श्रेष्ठ, प्रदीपराज अधिकारी र राजेश्वर ढकालले पनि यसमा हस्ताक्षर गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्