चामलको गोदाम सिल

  • ख-
  • ख+

दमौलीः दमौलीको एक खाद्य पसलको गोदाम सिल गरिएको छ । कालिका मार्गमा रहेको आशिष स्टोर्सको व्यास २ स्थित गोदाममा राखिएको जिरा मसिनो चामलको बोराबाट अर्को बोरामा राख्दै गरेको अवस्थामा व्यास नगरपालिकाको अनुगमन टोलीले सिल गरेको हो ।


सञ्चालकले बोरा मुसाले खाएकाले अर्को बोरामा राखेको बताए पनि यस विषयमा थप अनुसन्धान हुन बाँकी रहेको भन्दै तत्कालका लागि नयाँ भरिएको २५ बोरा चामलसहित गोदाम सिल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगद बरालले जानकारी दिए । उनले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट थप अनुगमन हुने बताए ।


मेरो गल्ती छैनः गुप्ता
तर सञ्चालक मनोज गुप्ताले भने केही बोरा पानीले बिग्रेको र केही मुसाले खाए पछि रिा मसिनोकै अर्को बोरामा चामल राखेको दाबी गरे । उनले चामलको म्याद पनि नसकिएको भन्दै आफ्नो दोष नरहेको बताए । उनले नगरपालिकासँग यस विषयमा सोध्नुपर्ने बारेमा थाहा नपाएको जिकिर गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी