राष्ट्रपति रनिङ शिल्ड सत्यवतीलाई (कसको कति पदक ? तालिकासहित )

  • ख-
  • ख+

दमौलीः व्यास नगरपालिकाको आयोजनामा निर्मल माविमा सञ्चालित नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेल प्रतियोगितामा सत्यवती मावि विजेता बनेको छ । प्रतियोगितामा निर्मल मावि दोश्रो तथा ग्रीन स्टार अंग्रेजी स्कूल तेश्रो भएका छन् ।


आईतबार भएको फाइनल खेलहरुपश्चात विजेताको निर्धारण भएको हो । शिल्डमा प्रथम भएको सत्यवतीेले १७ स्वर्ण, आठ रजत तथा २७ कास्य पाएर उच्च अंक २७ पाएको छ ।
दोश्रो भएको निर्मलले ४ स्वर्ण, छ रजत तथा पाँच कास्यसहित १५ अंक पाएको छ ।

तेश्रो स्थान ओगटेको ग्रीन स्टारले भने दुई स्वर्ण, तीन रजत, तीन कास्य पदकका साथ आठ अंक पाएको छ ।

आईतबार सम्पन्न कबड्डी छात्रातर्फ सत्यवती र जनजुक्तबीचको प्रतिष्पर्धामा जनजुक्त विजयी भएको थियो । भलिबल छात्रतर्फ पराशर कलेज र निर्मलबीचको फाइनल खेलमा निर्मल लगातार दुई सेटले विजयी भएको थियो ।


भलिबल छात्रातर्फ सत्यवती र निर्मलमा सत्यवती दुई सेटले विजयी भएको थियो । छात्र कबड्डीमा विवादपछि निर्मलले रेड कार्ड पाउँदा सत्यवतीले जित दर्ता गरेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी