जनप्रतिनिधि, कर्मचारी तथा पत्रकारलाई कोभिसिल्ड दिन शुरु

  • ख-
  • ख+

दमौलीः तनहुँका जनप्रतिनिधि, निजामति कर्मचारी तथा पत्रकारलाई कोभिडविरुद्धको खोप कोभिसिल्ड लगाउन थालिएको छ ।

जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, उप प्रमुख पवित्रा पौडेल तथा प्रजिअ सागर आचार्यलगायतले शुरुवाती दिनमा दमौलीस्थित स्वास्थ्य कार्यालयमा राखिएको केन्द्रबाट खोप लगाए । दमौलीको केन्द्रबाट लगाइने खोप तीन दिनसम्म लगाइनेछ ।


लक्षित वर्ग पहिलो प्राथमिकताको दोश्रो चरणका क्षेत्र र पहिलो चरणमा छुटेका गरी तनहुँमा झण्डै ३२ सयलाई खोप लगाउने योजना रहेको स्वास्थ्य कार्यालयका खोपसम्बन्धी अधिकारी विरेन्द्रकुमार चौधरीले जानकारी दिए ।


तनहुँमा जनप्रतिनिधिसँगै पत्रकार, निजामति सेवाका कर्मचारी, जनपद प्रहरी, स्थानीय तहका कर्मचारीहरु, बैंक तथा वित्तिय संस्थाका कर्मचारी, प्राधिकरण र संस्थानका, न्याय सेवा समूहका कर्मचारीलगायतलाई खोप लगाउने योजना कार्यालयको छ ।


दमौलीमा आईतबार शुरु अभियान तीन दिन चल्नेछ भने आँबुखैरेनीमा सोमबार र मंगलबार तथा जीपी कोईराला राष्ट्रिय स्वाप्रस्वास केन्द्रमा सोमबार र मंगलबार खोप लगाउने कार्यक्रम छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी