प्रचण्ड नेपाल समूहद्वारा आन्दोलन घोषणा

  • ख-
  • ख+

काठमाडौं: नेकपा दाहाल–नेपाल समूहले चौथो चरणको आन्दोलन घोषणा गरेको छ ।

समूहले आइतबार पत्रकार सम्मेलन गरी फागुन ६ गते प्रतिगमन, महँगी र महिला हिंसाको विरोधमा मानव साङ्गोले टुँडिखेल घेर्ने घोषणा गरेको हाे ।

९ गते उपत्यका र बाहिर सबै जिल्लामा महिलाहरुको प्रदर्शन गर्ने पनि दाहाल–नेपाल समूहले बताएको छ ।

यसअघि दाहाल-नेपाल समूहले गत माघ १३ देखि २८ गतेसम्म तेस्रो चरणको आन्दोलनका कार्यक्रमहरु गरेकाे थियाे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्