रहेनन् सूर्य रानाभाट क्षेत्री

  • ख-
  • ख+

दमौली: राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गतको जिल्ला कार्यान्वयन एकाई (शिक्षा) का पूर्व प्रमुख सूर्य रानाभाट क्षेत्री निधन भएको छ ।

झण्डै तीन सातायता राजधानीको सिभिल अस्पतालमा उपचाररत क्षेत्रीको शनिबार राती निधन भएको हो ।उनी कलेजोको समस्या देखिए पछि उपचारमा रहेको पारिवारिक श्रोतले जनाएको छ ।

लामो समय तत्कालीन जिल्ला शिक्षा कार्यालयमा विद्यालय निरीक्षक, उप सचिव हुँदै सहायक जिशिअ सम्म सेवा गरेका उनी कार्यालय परिवर्तन पछि प्रमुखसम्म भएका थिए । उनले केही समय अघि मात्र अवकाश लिएका थिए ।

भिरकोट घर भई हाल व्यास १ हाइस्कूलटार बस्दै आएका क्षेत्री शिक्षा र सँगै सामाजिक क्षेत्रमा समेत चिनिएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी