पार्टी कार्यालय एउटा, कार्यक्रम दुईटा, ठूलो झडप ट¥यो

  • ख-
  • ख+

दमौलीः नेकपाको दमौलीस्थित कार्यालयको सभा हलमा माओवादी सशस्त्र युद्धका अवसरमा प्रचण्ड नेपाल खेमानिकट नेता कार्यकर्ताबाट जनयुद्ध दिवस मनाउने तयारी हुँदै थियो । नेकपाका जिल्ला इञ्चार्ज एवं केन्द्रीय सदस्य हरिबहादुर चुमानसहितका केन्द्रीय र प्रदेशस्तरका नेतासम्म दमौली आएका थिए ।


जसै कार्यक्रमको तयारी हूँदै थियो, नेकपा ओली खेमानिकट महासंघका सदस्य आएर सभाहलमा कार्यक्रमको तयारी गरे । ओली समूहमा रहेका नेकपा जिल्ला अध्यक्ष केदार सिग्देललाई कार्यक्रममा डाकिएको थियो ।


एकै समयमा दुई कार्यक्रम तय भए पछि कसले गर्ने भन्ने विवाद भयो । दुवैले आफूले पहिले कार्यक्रमको तयारी गरेको भन्दै दाबी गरे पछि प्रहरी नै परिचालन गरियो । प्रशासनले नै हस्तक्षेप गरे पछि विवाद थप चर्कन पाएन ।


पहिले ओली अनि नेपालको पालो
ओली खेमानिकट महासंघको कार्यक्रम २ बजे सक्ने र त्यसपछि प्रचण्ड नेपाल खेमाले दिवस मनाउने सहमति प्रशासनमा भयो । तर २ बजे कार्यक्रम नसकिए पछि कार्यक्रमस्थलमै प्रचण्ड नेपाल समूहका कार्यकर्ताले नाराबाजी गर्न थाले ।

त्यसबीच प्रमुख अतिथि रहेका नेकपा अध्यक्ष सिग्देलले भाषण सके पछि जनयुद्ध दिवसको कार्यक्रम गरियो ।
समयमा नसकिंदा नाराबाजी
नाराबाजी हुँदै गर्दा कार्यक्रम सकिएकाले थप विवाद हुन नपाए पनि त्यसपछि कार्यक्रममा बोलेका नेताहरुले त्यस विवादका विषयमा चर्को अभिव्यक्ति दिए ।

गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्रीसमेत रहेका चुमानले केन्द्रमा विवाद नटुंगदासम्म दुवै पक्षले समझदारीका आधारमा कार्यक्रम हुनुपर्ने बताए ।


तत्कालीन नेकपा एमालेमा रहेका केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ, प्रदेश सदस्य शंकरनारायण श्रेष्ठलगायतले कार्यालय भवन बनाउन आफूहरुको पनि भूमिका रहेको भन्दै एकपक्षीय रुपमा गतिविधि नगर्न आग्रह गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी