भानुमा नगर उद्योग वाणिज्य संघ गठन, अध्यक्षमा कृष्णकुमार

  • ख-
  • ख+

भानुः भानुमा नगर उद्योग वाणिज्य संघ गठन गरिएको छ । शनिबार भानुको भन्सारमा सम्पन्न व्यवसायीको भेलामार्फत तुरतुरे र भन्सार बजार एकाई मर्ज गरेर भानु नगर उद्योग वाणिज्य संघ गठन गरिएको हो ।


तनहुँ उद्योग वाणिज्य संघका पूर्व कोषाध्यक्ष कृष्णकुमार श्रेष्ठको अध्यक्षतामा गठित समितिको प्रथम उपाध्यक्षमा राजन श्रेष्ठ, द्धितिय लालकुमार श्रेष्ठ, महासचिवमा कृष्णजंग कोईराला, कोषाध्यक्षमा दिनेश बिष्ट र सचिवमा मनिलाल श्रेष्ठ छन् ।
यसैगरी, सदस्यहरुमा उपेन्द्र तिवारी, जुना श्रेष्ठ, नेत्रकुमार श्रेष्ठ, सैफुल सुल्तान, मीनराज न्यौपाने, गीता अधिकारी, कुबेर खनाल छन् ।


तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठको अध्यक्षतामा सम्पन्न भेलाले सर्वसम्मत कार्य समिति चयन गरेको हो । संघ दर्ता गरे पछि ६ एकाई खोल्ने तयारी संघको छ । अब समग्र भानु नगरलाई समेटेर तुरतुरै, बाईसजाँगर, कालिमाटी, भन्सार, सेपाबगैंचा र चन्द्रावती बजार एकाइ खोलिने नवनिर्वाचित द्वितिय उपाध्यक्ष लालकुमार श्रेष्ठले जानकारी दिए ।


कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठले केन्द्रीय अवधारणाअन्र्तगत स्थापना भएको भन्दै नवनिर्वाचित कार्य समितिलाई बधाई दिंदै खुला दिलले सहयोग गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा संघका अध्यक्ष मानकाजी श्रेष्ठ तथा पूर्व अध्यक्ष मंगलप्रसाद श्रेष्ठले पनि निवनिर्वाचत नेतृत्वलाई बधाई दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी