व्यास नगर ब्याडमिन्टनः फाइनलमा ३ जोडी पुगे

  • ख-
  • ख+

दमौलीः व्यास नगर ब्याडमिन्टन संघको आयोजनामा दमौलीमा सञ्चालित तेश्रो व्यास नगर मेयर कप ब्याडमिन्टन प्रतियोगिताका लागि तीन जोडी फाइनल पुगेका छन् ।


सी श्रेणीको खेलमा तीन जोडी फाइनलका लागि प्रवेश पाएको संघले जनाएको छ ।
प्रतियोगितामा अमर र अमरको जोडीले तिलक पदमको जोडीलाई हराएर फाइनल प्रवेश पाएको हो । यसैगरी सुजित र मेख को जोडिले सुक र राजेन्द्रको जोडीलाई हराएर फाइनल प्रवेश पाएका हुन् ।
महिला डबल्सतर्फ भने चन्द्र छन्त्याल र अनिता गुरुङको जोडीले अनु पुन र मिनु पुनको जोडीलाई हराएर फाइनल प्रवेश पाएका हुन् ।


सानुमाया श्रेष्ठ र सबि श्रेष्ठको जोडीले पोखराका पुनम थापा र मुना थापाको जोडीलाई हराएर फाइनल प्रवेश पाएका हुन् । प्रतियोगिताको फाइनल खेल भने फागुन ८ गते हुने बताइएको छ ।
सी श्रेणीको प्रतिष्पर्धामा ३२ टिम सहभागी रहेको संघका अध्यक्ष कुमार गुरुङ्घले जानकारी दिए ।


प्रजातन्त्र दिवसको अवसरमा संघले ए, बी र सी श्रेणीमा डबल्सतर्फ महिला र पुरुषको प्रतिष्पर्धा गराउँदैछ । प्रतियोगिताका औपचारिक खेल भने फागुन ६ देखि ८ गतेसम्म चल्नेछन् ।
प्रतियोगितामध्ये ए श्रेणीको बिजेता मध्ये प्रथमलाई नगद ३०, दोश्रोलाई २० सान्त्वनालाई ६ हजार पुरस्कार प्रदान गरिनेछ ।

बी श्रेणीका बिजेता प्रथमलाई ३०, दोश्रोलाई २० र सान्त्वनालाई ६ हजार तथा
सी श्रेणीका बिजेतामध्ये प्रथमलाई १५ दोश्रोलाई १० र सान्त्वनालाई ४ हजार पुरस्कार प्रदान गरिनेछ । महिलाको बेग्लै प्रतिस्पर्धामा प्रथमलाई १० र दोश्रोलाई पाँच हजार पुरस्कारको व्यवस्था गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी