
दमौलीः रोज बहिनी सिर्जनशील महिला समाज तनहुँ गठन भएको छ । रोज बहिनी सिर्जनशील महिला समाजका केन्द्रीय अध्यक्ष विजयश्री रेग्मी भण्डारीको उपस्थितिमा शुक्रबार दमौलीमा आयोजित एक भेलाले समाज गठन गरेको हो ।
समाजको जिल्ला संरक्षकमा आदिकवि भानुभक्त क्याम्पसका सहायक क्याम्पस प्रमुख कल्पना लम्साललाई चयन गरिएको छ । समाजको प्रमुखमा अधिवक्ता सरीता भण्डारी, जिल्ला संयोजकमा सामाजिक अभियन्ता सुशीला शर्मा चयन भएकी छन् भने प्रेस संयोजकमा अन्जना तिमल्सेना र स्वास्थ्य संयोजकमा कल्पना दाहाल चयन भएको बताइएको छ । त्यसैगरी तनहुँका १० वटै पालिकामा पनि संयोजक चयन गरिएको छ ।

व्यास नगरपालिकाको संयोजकमा लक्ष्मी श्रेष्ठ, बन्दीपुर गाउँपालिकाको संयोजकमा सरिता पिया, आँबुखैरेनी गाउँपालिकाको संयोजकमा मिलन भुजेल, भानु नगरपालिकाको संयोजकमा विष्णु भण्डारी, शुक्लागण्डकी नगरपालिकाको संयोजकमा बालकुमारी रेग्मी, म्याग्दे गाउँपालिकाको संयोजकमा मिना थापा मगर, भिमाद नगरपालिकाको संयोजकमा निरन्जना खनाल, देवघाट गाउँपालिकाको संयोजकमा संगीता तामाङ, ऋषिङ गाउँपालिकाको संयोजक नीता सारु मगर र घिरिङ गाउँपालिकाको संयोजकमा होममाया कुमाल रहेका छन् ।
समाजले किशोरी स्वास्थ्यका क्षेत्रमा काम गर्ने बताइएको छ । किशोरी शिक्षा, स्वास्थ्य, सुरक्षा, विद्यार्थी बिमा, सामुदायिक सचेतना, महिला सशक्तिकरण, जातीय विभेद, महिला हिंसा, छुवाछुत वर्ग विभेद, सामुदायिक विकासमा समाजको विशेष भूमिका रहने केन्द्रीय अध्यक्ष रेग्मी भण्डारीले बताइन् ।
कार्यक्रममा केन्द्रिय उपाध्यक्ष देवी कार्की, रोज बहिनी फाउण्डेशनका अध्यक्ष माधव प्रसाद भण्डारी, गण्डकी प्रदेश संरक्षक बलराम घिमिरे, संयोजक सीता घिमिरे, कास्की प्रमुख लक्ष्मी कार्की लगायतको उपस्थिति रहेको थियो ।