भारतमा पब्जीलाई प्रतिवन्ध

  • ख-
  • ख+

भारतले चिनियाँ गेमिङ एप पब्जिलाई प्रतिवन्ध लगाएको छ ।

चीनसँग तनाब बढ्दै जाँदा भारत सरकारले यो सहित १ सय १८ वटा चिनियाँ ‘एप्स’बन्द गरिदिएको छ ।

भारत सरकारले विज्ञप्ति निकाल्दै देशको सार्वभौमसत्ता र अखण्डता, रक्षा र सुरक्षाको लागि यस्तो कदम चालेको जनाएको छ ।
‘टेन्सेन्ट होल्डिङ्स लिमिटेड’को भिडियो गेम पबजी विश्वभर अत्याधिक प्रयोगमा आउने एप्स हो । जुन ‘टप ५’ स्मार्टफोन गेम्समा पर्छ । भारतमा भने ५ करोड सक्रिय पबजी प्रयोगकर्ताहरु छन् ।

लद्दाख सँगको सीमामा भएको झडपमा दुई सुरक्षा अधिकारी घाइते भएको एक साताभित्र यस्तो निर्णय आएको हो । यस अघि भारतले लोकप्रिय एक टिक टक माथि पनि प्रतिवन्ध लगाइसकेको छ ।


कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी