आदिकवि र कन्या क्याम्पसबीच अन्र्तक्रिया

  • ख-
  • ख+

दमौलीः आदिकवि भानुभक्त क्याम्पस र कन्या क्याम्पस, नदीपुर, पोखराबीच शैक्षिक अन्र्तक्रिया कार्यक्रम भएको छ । कन्या क्याम्पसका क्याम्पस प्रमुख सुरेश मानन्धरको नेतृत्वमा आदिकवि भानुभक्त क्याम्प आइपुगेको टोलीमा सो क्याम्पको क्युएए समिति, विभागिय प्रमुख, प्राध्यापक, कर्मचारी र विद्यार्थी संलग्नता रहेको थियो ।


अन्तरक्रियामा दुवै क्याम्पसको शैक्षिक, भौतिक र आर्थिक अवस्था, विद्यार्थी भर्ना, नतिजा, शुल्क एव रणनीतिक योजना र भाबी कार्यक्रमका बारेमा छलफल भएको थियो । सो अवसरमा आदिकवि भानुभक्त क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले क्याम्पसको परिचय दिएका थिए ।


सहायक क्याम्पस प्रमुख कल्पना लम्सालले क्याम्पस पुस्तकालयको अवस्था र पुस्तकालय नियमावलीको व्यवस्थाको बारेमा बोल्नु भएको थियो । क्याम्पसको आन्तरिक गुणस्तर सुनिश्चितता समितिका अध्यक्ष आत्माराम बाँस्तोलाले क्याम्पसको समग्र गुणस्तरको अवस्थाबारे छलफलमा उठाइएका जिज्ञासाको उत्तर दिएका थिए ।


अवसरमा नेपाली विभागका प्रमुख डा. रामकुमार अधिकारी, अंग्रेजी विभागका प्रमुख सागर पौडेल, विज्ञान तथा प्रविधि विभागका प्रमुख राजन घिमिरे, शिक्षा विभागका प्रमुख विष्णुकुमार यादव, शोध तथा अनुसन्धान समितिका संयोजक जनक काफ्ले, प्रशासकीय अधिकृत बसन्ति थापा आले मगर, विद्यार्थी नेता गौरव पन्थ लगायतको उपस्थिति रहेको थियो । टोलीले भ्रमणका क्रममा क्याम्पसको पुस्तकालय, कम्प्युटर र विज्ञान प्रयोगशाला, कक्षा कोठा, चमेना गृह, प्रशासनिक कार्यकक्ष लगायतको भौतिक पुर्वाधारको अवलोकन गरेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी