मोटरसाइकल र स्कुटर जुध्दा दुई घाइते

  • ख-
  • ख+

खैरेनीटारः शुक्लागण्डकी नगरपालिका ६ मिलडाँडास्थित पृथ्वी राजमार्गमा स्कुटर र मोटरसाईकल ठोकिंदा दुई घाइते भएका छन् ।


भिमादबाट खैरेनीटारतर्फ जाँदै गरेको लु ३० प ९७८६ नं. को मोटरसाईकलले ग ८ प ५५२५ नं. को स्कुटरलाई बाटो काट्ने क्रममा ठक्कर दिंदा मोटरसाईकल चालक जिल्ला पाल्पा रामपुर नगरपालिका २ बस्ने वर्ष १९ को बलबहादुर थापा र स्कुटर चालक तनहुँको म्याग्दे गाउँपालिका ५ बस्ने वर्ष २५ को देवेन्द्र पौडेल घाईते भएको प्रहरीले जनाएको छ ।


उनीहरुको अस्पतालमा उपचार भैरहेको र अवस्था सामान्य रहेको पनि प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी