वैशाखबाट दमौलीमा आधुनिक सिनेमा हल सञ्चालनमा आउने (भिडियो )

  • ख-
  • ख+

दमौली:दमौलीमा निर्मित दुई आधुनिक सिनेमा हल सहितको सात तले एपेक्स मल्टीप्लेक्स वैशाख पहिलो साताबाट सञ्चालनमा आउने भएको छ ।

यसका लागि फागुन १ गतेबाट सटर किन्न तथा भाडामा लिन चाहनेका लागि खुला गरिएको व्यवस्थापक गणेश श्रेष्ठले जानकारी दिए । ३० करोडभन्दा बढी लागतमा दमौली कालिका मार्गमा निर्मित दमौलीकै ठुलो व्यवसायिक भवनमा qfx का दुई सिनेमा हल चल्नेछन्।

दमौलीमा सिनेमा हल नै नचलेको अवस्थामा नयाँ वर्षबाट बजार र आसपासका बासिन्दाले राजधानीकै स्तरको सिनेमा हालको सुविधा पाउनेछन् ।लिफ्टको व्यवस्था भएको भवनमा आधुनिक फेन्सी, विभिन्न व्यवसायिक सटर र कार्यालय पनि रहनेछन् ।

पोहोर नै सञ्चालनमा ल्याउने तयारी भए पनि मल्टिप्लेक्सको निर्माण सकिन बढी समय लागेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी