थर्पुमा उधमशिलता तालिम

  • ख-
  • ख+

थर्पुः म्याग्दे गाउँपालिकाको आयोजनामा गरिबी निवारणका लागि लघु उधम विकास कार्यक्रम (मेड्पा) अन्तर्गतको उधमशिलता विकास तालिम विहिवार सम्पन्न भएको छ ।


म्याग्दे गापा वडा न ४ मा सचालित सो तालिममा ४२ जना उधमि सहभागी भएका थिए । म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी राना, उपाध्यक्ष वालकृष्ण घिमिरे, प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले सहभागी प्रशिक्षाथिलाई प्रमाणपत्र वितरण गरे ।

अध्यक्ष रानाले लघु घरेलु तथा साना उधोगको विकास र विस्तार अहिलेको आवश्यकता रहेको बताइन् । उपाध्यक्ष वालकृष्ण घिमिरेले स्वरोजगार वन्नेगरि सीप सिक्न सहभागिलाई आगह गरे । प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले उद्यमीको चाहना अनुसार कुसल प्रशिक्षकवाट सीप सिकाई उद्यमी सृजना गर्ने बताए ।


वडा न ४ का वडा सद्स्य वदिका धिमिरेको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा वडा न ४ अध्यक्ष प्रेम वहादुर थापा, शुष्मा नागिला, पवन कुमार तिवारीलगायतले व्यवसाय सचालनका लागि उधमशिलता तालिमले उधमि सृजनाका लागि महव्वपुण भुमिका खेल्ने बताए ।


उद्योग विकास शाखा प्रमुख प्रदिप न्यौपानेले उधमशिलता तालिम लिएकालाई सीप विकास तालिममा सहभागी बनाउने बताए । गाउँपालिकाभर नयाँ उद्यमी ९० र स्तरोउन्नति ५० गरि १ सय ३० उद्यमी यस वर्ष सृजना गर्ने लक्ष्य रहेको न्यौपानेले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी