अग्रज व्यवसायी श्रेष्ठ उत्कृष्ट करदाताका रुपमा पुरस्कृत

  • ख-
  • ख+

दमौलीः अग्रज व्यवसायी वृषराज श्रेष्ठ उत्कृष्ट करदाताका रुपमा पुरस्कृत भएका छन् ।

तनहुँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य श्रेष्ठले व्यास नगरपालिकामा सबैभन्दा धेरै एकिकृत सम्पत्ति कर बुझाएकाले पुरस्कृत गरिएको व्यास नगरपालिकाका लेखा शाखा प्रमुख हेमन्त गुरुङले जानकारी दिए ।

उनले गत आर्थिक वर्षमा ४२ हजार बढी एकिकृत सम्पत्ति कर बुझाएका थिए । संस्थागत र अरु व्यवसायगत कर फरक रहे पनि सम्पत्तिका आधारमा श्रेष्ठले बुझाएको कर रकम सर्वाधिक रहेको गुरुङले जानकारी दिए ।

उनलाई ३४ औं नगर सभाका क्रममा व्यास नगर प्रमुख बैकुण्ठ न्यौपाने तथा व्यास २ का वडाध्यक्ष काशिराम श्रेष्ठले नगद १७ हजार रुपैयाँ पुरस्कार र सम्मान पत्रका साथमा पुरस्कृत गरे ।

सिद्धगुफा उपभोक्ता र ग्रीन सिटी टोल पुरस्कृत
सोही कार्यक्रममा उत्कृष्ट कार्य गरेको भन्दै व्यास १३ को सिद्धगुफा उपभोक्ता समितिलाई पनि पुरस्कृत गरिएको थियो । राम्रोसँग सबैको सहभागीतामा समयमै स्थानीय श्रमदान जुटाएर उत्कृष्ट काम गरेको भन्दै समितिलाई पनि पुरस्कृत गरिएको थियो ।


सभाले नै व्यास २ को ग्रीन सिटी टोललाई टोलको सफाई र हरियाली वातावरण कायम गरेर भूमिका खेलेको भन्दै पुरस्कृत गरेको थियो । टोलका तर्फबाट अध्यक्ष सुरेश वाग्लेसँगै वडाध्यक्ष काशिराम श्रेष्ठ तथा जनप्रतिनिधिको उपस्थितीमा मेयर न्यौपानेले टोललाई पुरस्कृत गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी