मिलडाँडामा मोटरसाईकललाई मिनी ट्रकले ठक्कर दिंदा गम्भीर घाइते

  • ख-
  • ख+

खैरेनीटारःशुक्लागण्डकी नगरपालिका ६ मिलडाँडास्थित पृथ्वी राजमार्गमा मिनी ट्रकको ठक्करबाट एक व्यक्ति गम्भीर घाइते भएका छन् ।


पोखराबाट दमौलीतर्फ आइरहेको ग १ ख ६६१६ नम्बरको मिनी ट्रकले सोही दिशातर्फ आइरहेको ग १७ प ७३७७ नंको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल पछाडि सवार भिमाद नगरपालिका ३ जलौदी निवासी ३५ वर्षका प्रकाश लम्साल घाईते भएका छन् ।


गम्भीर अवस्थाका उनको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी