नाराबाजीकाबीच रामकुमारी झाँक्री पक्राउ

  • ख-
  • ख+

काठमाडौंः कार्यकर्ता र समर्थकको नाराबाजीका बीच नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड(माधव पक्षकी नेतृ रामकुमारी झाँक्री पक्राउ परेकी छन् ।


राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध दिएको अभिव्यक्तिका कारण चर्चामा रहेकी उनलाई प्रहरीले शंखमूलस्थित उनको निवासबाट पक्राउ गरेको छ ।


राज्यविरुद्धको कसुरमा पक्राउ पुर्जी दिएर उनलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । पक्राउ अघि उनका पक्षमा कार्यकर्ताले निवासबाहिर नाराबाजी गरे पछि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्