झाँक्री पक्रन प्रहरी परिचालन

  • ख-
  • ख+

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अभिव्यक्ति दिए पछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहकी युवा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी उनको निवासमा पुगेको छ । महानगरीय अपराध महाशाखाको टोली बिहीबार उनलाई पक्रिन काठमाडौंको शंखमूलस्थित झाक्री निवासमा पुगेको हो ।

गोरखामा आयोजित एक कार्यक्रमयता झाँक्रीले राष्ट्रपतिविरुद्ध कडा अभिव्यक्ति दिंदै आएकी छन् । उनको निवासबाहिर प्रहरी ठूलो संख्यामा परिचालन गरिएको छ ।

उनीहरुले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका छन् । झाँक्रीले पक्राउ पूर्जी लिएर आए मात्र जाने अडान लिएकी छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्