परीक्षा बोर्ड गण्डकी निर्देशक श्रेष्ठ सम्मानित

  • ख-
  • ख+

दमौलीः आदिकवि भानुभक्त क्याम्पसले पूर्व प्राध्यापक तथा राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेशका निर्देशक विष्णुनारायण श्रेष्ठलाई सम्मान गरेको छ ।


क्याम्पसमा बुधबार आयोजित कार्यक्रममा व्यास नगर प्रमुख बैकुण्ठ न्यौपाने र क्याम्पस संचालक समितिका अध्यक्ष ब्रह्मदत्त तिमल्सेनाले क्याम्पसमा ०६४ सालमा स्नातकोत्तर तहमा एमएड्को शैक्षिक कार्यक्रम शुरूवात गर्न महत्वपूर्ण योगदान पुर्याएको भन्दै श्रेष्ठलाई सम्मान गरेका हुन् ।


निर्देशक श्रेष्ठलाई दोसल्ला र सम्मान पत्रबाट सम्मान गरिएको क्याम्पसले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी