जोशीविरुद्धको कारबाही फिर्ता सिफारिस

  • ख-
  • ख+

दमौलीः कांग्रेस पूर्व सहमहामन्त्री गोविन्दराज जोशीमाथि गरिएको अनुशासनको कारबाही फिर्ता लिन जिल्ला कार्य समिति तनहुँले सिफारिस गरेको छ ।


बुधबार बसेको जिल्ला कार्यसमितिको बैठकले वडाहरुबाट जोशीमाथि कारबाही फुकुवाको सिफारिस आएको भन्दै केन्द्रमा कारबाही फूकुवाका लागि सिफारिस गरेको हो ।


‘जोशी सरबाट कुनै निवेदन आएन,’ पार्टी सभापति बैकुण्ठ न्यौपानेले भने,‘तर वडाबाट कारबाही फुकुवाका लागि सिफारिस आएकाले त्यसलाई केन्द्रमा पठाउने निर्णय गरेका हौं ।’
यस अघि जोशी पक्षका केही नेता र सभापति न्यौपानेबीच कुराकानी भएको चर्चा चलेको थियो । न्यौपानेले त्यसलाई स्विकारे ।

‘केही नेताहरुले पनि फिर्ताका लागि पहल होस् भनेर भन्नुभएको थियो,’ उनले भने,‘पार्टी सभापतिको हैसियतले बदलिंदो परिस्थितिमा कारबाही फुकुवाका लागि सिफारिस हुनुपर्छ भन्ने लागेर सिफारिस गरेका हौै ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्