व्यासमा भानु र बन्दीपुरका भाग थप्ने, ६ नम्बर वडा विभाजन गर्ने निर्णय (कुन ठाउँ कता? भिडियोसहित)

  • ख-
  • ख+

दमौलीः व्यास नगरपालिकाले ६ नम्बर वडालाई दुईवटा बनाउने निर्णय गरेको छ । बुधबार सम्पन्न ३४ औं नगर सभाले व्यास ६ लाई साविक साँजा र श्याम्घा हटिया गाउँ पञ्चायतकै अवस्थामा वडा विभाजन गर्ने निर्णय गरेको नगर प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए ।

नगर सभापछि आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार अब साविक साँजा हटिया गाउँ पञ्चायतमा परेका मोदीखोला पारीका साविक १,२, ३ र ४ वडालाई एउटा वडा बनाउने र केन्द्र शिशाघाट बजार तोक्ने निर्णय भएको छ ।

साविक साँजा हटिया गाउँ पञ्चायतका ५,६, ७ ८ र ९ लाई अर्को वडा बनाएर श्याम्घा हटियामै केन्द्र राख्ने निर्णय गदै स्विकृतिका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा प्रस्तावका रुपमा पठाउने भएको छ । ‘अपायक परेको गुनासो आएकाले साविककै रुपमा राख्ने निर्णय गरेका हौं,’ प्रमुख न्यौपानेले भने ।

२ र ३ बेग्लै वडा कायमै
वडाका सम्बन्धमा यस अघि डाकिएको सर्वदलीय बैठकको प्रस्तावमा २ र ३ लाई एकै ठाउँमा राख्ने सुझाव आए पनि यसलाई कायमै राख्ने निर्णय गरेको जानकारी नगर प्रमुख न्यौपानेले दिए ।
वडा हेरफेर
सभाले वडा नम्बर ८ मा कोरथकलाई व्यास ८ मा पायक नपर्ने भएकाले ७ मा समावेश गर्ने, ९ को छापको ११ मा पायक भएकाले समावेश गराउने
तथा ११ को पातिघारी लाई ९ मा समावेश गर्ने सर्वसम्मत निर्णय गरेको छ ।
भानु र बन्दीपुरका भाग व्यासमा गाभ्ने प्रस्ताव
यस्तै, भानुको १३ को टुटेपानीको निर्णय अनुसार व्यासमा ८ मा समावेश गर्ने प्रस्ताव पठाउने निर्णय सभाले गरेको छ । यसैगरी, बन्दीपुर ३ मा रहेको १२ सँग नजिक रहेको तामुङ नजिकका गाउँ समावेश गर्ने र भानु ६ को मुलपानी क्षेत्रका दुई टोल यता नजिक भएकाले नगरपालिकामा समावेश गर्न प्रस्ताव पठाउने निर्णय पनि सभाले गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्