३४ औं नगर सभाः व्यास नगरपालिकाद्वारा १७ कर्मचारी पुरस्कृत

  • ख-
  • ख+

दमौलीः व्यास नगरपालिकाले विभिन्न शाखाका प्रमुख तथा कर्मचारीसहित १७ जनालाई पुरस्कृत गरेको छ ।

आफ्नो शाखा तथा क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै ३४ औं नगर सभाका क्रममा उनीहरुलाई पुरस्कृत गरिएको नगरपालिकाले जनाएको छ ।


पुरस्कृत हुनेमा वरिष्ठ आलेप अधिकृत कुमार कञ्चन जिसि, नगर शिक्षा अधिकारी नगेन्द्रप्रसाद रेग्मी, शाखा अधिकृत मेघनाथ आचार्य, स्वास्थ्य शाखा प्रमुख प्रमोद सोती, सरसफाई शाखा प्रमुख भाग्यशाली ढुंगानालगायत छन् ।

उनीहरुलाई जनही नगद १७ हजार रुपैयाँ तथा नगदका साथमा पुरस्कृत गरिएको नगरपालिकाले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्