नगरपालिकाको साढे १० करोड बेरुजु नगर सभाले सम्परीक्षण गराउने ( ३४ औं नगर सभाका १७ निर्णय )

  • ख-
  • ख+

दमौलीः व्यास नगरपालिकामा हालसम्म देखिएको साढे १० करोड बेरुजु रकम नगर सभाले फछ्यौट गराउने भएको छ । महालेखा परीक्षकको कार्यालयले बेरुजु देखाएको रकम नगर सभामार्फत सम्परीक्षण गराउने प्रस्ताव ३४ औं नगर सभाले पारित गरेको छ ।


सभापछि आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख बैकुण्ठ न्यौपानेले हालसम्म देखिएका बेरुजु रकम नगर सभामा प्रस्तुत गरेर सम्परीक्षण गराउने निर्णय भएको बताए । ‘कतिपय हामीले गरेका कामको रकम बेरुजु देखिएकोमा सभामार्फत सम्परीक्षण गराउनुपर्ने देखिएकाले यस्तो निर्णय गरेका हौं,’ उनले भने ।


प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम सिग्देलले पहिल्यैदेखिका रकम बेरुजु देखिएकामा समिति नै गठन गरेर कटौती भएको भन्दै महालेखाको सुझावअनुसार नै नगर सभामा प्रस्ताव गएको बताए ।

मंगलबार र बुधबार गरी दुई दिन चलेको सभामा २७ जनाले बोलेका थिए ।
सभाले बजेट संसोधन, आर्थिक विधेयक पारितलगायतका निम्न निर्णय गरेको वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन् ः

३४ औं नगर सभाका १७ निर्णय
१) चालु आर्थिक बर्ष २०७७र०७८ को संशोधित नीति तथा कार्यक्रमको सममिक्षा प्रतिवेदन पारित भयो ।

२) चालु आर्थिक बर्ष २०७७र०७८ को संशोधित वजेट तथा कार्यक्रम रु. १५७२७१२००० लाई यथावत कायम गरि संशोधित आयमा संघ सरकार तथा जिल्ला समन्वय समितिबाट प्राप्त हुने रु. २२८१९००० थप गरि आन्तरिक आयमा सोहि बराबरको घटाईएको छ ।

३) चालु आर्थिक बर्ष २०७७र०७८ को संशोधित आर्थिक विधेयक(२०७७ पारित भयो ।

४) चालु आर्थिक बर्ष २०७७र०७८ को संशोधित विनियोजन विधेयक(२०७७ पारित भयो ।

५) नगर सभामा पेश भएका विभिन्न प्रस्ताव एवं अन्य समसामयीक विषयहरु उपर विभिन्न वडाबाट सहभागिता जनाउनुहुने २७ जना नगर सभासद्ज्यूहरुले आ(आफ्नो विचार राख्दै छलफलमा भाग लिनुभयो ।

७) घरवहाल कर लगाउने प्रयोजनका लागि आवश्यक तथ्याङ्क संकलन एवं दर निर्धारण गर्ने उदेश्यका साथ आवश्यक प्रकृया अगाडि बढाउन वडाअध्यक्ष श्री काशिराम श्रेष्ठज्यूको अध्यक्षतामा घरवहाल कर व्यवस्थापन समिति गठन गरियो ।

८) स्थानीय स्तरमा सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर निर्धारण एवं अध्यावधिक गर्ने कार्यका लागि नगर कार्यपालिकालाई अधिकार प्रत्यायोजन भयो ।

९) वडा नं २ र ३ मा ८(आठ) आना भन्दा बढी क्षेत्रफलमा निर्माण हुने व्यवसायीक प्रयोजनका भौतिक संरचनाहरुको निर्माण स्वीकृति प्रदान गर्दा ७०५(सत्तरी) प्रतिशत भन्दा बढी जग्गा उपयोग गर्न नपाउने गरी निर्माण स्वीकृती गर्ने तर ५०५(पचास) प्रतिशत भन्दा बढी जग्गा उपयोग गरी संरचना निर्माण गर्ने जग्गाधनिहरुले अनिवार्य रुपमा अण्डर ग्राउन्ड पार्किङको व्यवस्था मिलाउनुपर्ने गरि मापदण्ड निर्धारण गरियो।

१०) वडा सिमाना हेरफेरका लागि उप(प्रमुख श्री मीरा जोशीको संयोजकत्वमा गठित समितिको प्रतिवेदन साथै सर्वदलिय वैठकको निर्णय बमोजिम यस नगरपालिकाको आन्तरिक तथा छिमेकी गाँउपालिका तथा नगरपालिहरुका आंशिक क्षेत्रहरु समेत हेरफेर हुने गरि यस नगरपालिकाका विभिन्न वडाहरुको सिमाना हेरफेर तथा वडा विस्तार गर्ने निर्णय भयो ।

११) उत्कृष्ठ कार्य गर्ने उपभोक्ता समिति र टोल विकास संस्था तथा अधिकतम कर तिर्ने करदाता लगायत उत्कृष्ठ कार्यसम्पादन गर्ने कर्मचारीहरु समेत १७ जनालाई पुरस्कृत गरियो ।

१२) अन्य विविध प्रस्तावहरुमाः बीपी वन वाटिका खेलमैदानको कवर्डहल स्थानान्तरण गर्ने, करका दरमा सामान्य हेरफेर गर्ने लगायतका प्रस्तावहरु पारित गरियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्