आचार्य वर्षको उत्कृष्ट कर्मचारीका रुपमा पुरस्कृत

  • ख-
  • ख+

दमौलीः व्यास नगरपालिकाका शाखा अधिकृत मेघनाथ आचार्य उत्कृष्ट कर्मचारीका रुपमा पुरस्कृत भएका छन् ।


३४ औं नगर सभाबाट उत्कृष्ट कर्मचारीका रुपमा आचार्य पुरस्कृत भएको नगरपालिकाले जनाएको छ । नगर प्रमुख बैकुण्ठ न्यौपानेले सभामा उनलाई सम्मान पत्र, पुरस्कार र दोसल्लाका साथ पुरस्कृत गरेका थिए ।


आचार्य सामान्य प्रशासन शाखामा कार्यरत छन् । लामो समयदेखि नगरपालिकामा कार्यरत आचार्यले यस अघि लेखा अधिकृतका रुपमा सेवा गरेका थिए ।

कार्यक्रममा विभिन्न विभाग र विधाका १७ कर्मचारीले उत्कृष्ट कर्मचारीको पुरस्कार प्राप्त गरेको नगरपालिकाले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्