
दमौलीः तनहुँ ट्राफिक प्रहरीले लेखेको ठाउँमा नजाने २१ सवारी साधनको प्लेट हटाएको छ ।
तनहुँस्थित पृथ्वी राजमार्गका विभिन्न युनिटबाट गरिएको चेकका क्रममा ४० बसको चेकजाँच गर्दा २१ ब्सको प्लेट हटाइएको ट्राफिक तनहुँका प्रमुख रेशम रानाभाटले जानकारी दिए ।
‘नजाने ठाउँमा जाने भनेर प्लेट राख्दै भ्रम श्रृजना गरेका सवारीको प्लेट हटाएर कारबाही गरेर छाडेका हौं,’ उनले भने ।
यसक्रममा ट्राफिकले १९ वटा सवारी साधनहरूको कागज पत्र नियन्त्रण लिएको छ । उनीहरुको बोर्डहरू समेत जफत गरिएको ट्राफिकले जनाएको छ ।