दमौलीमा सेभेन ए साईड फुटबल शुरु, रजनजंग शाहीबाट उद्घाटन

  • ख-
  • ख+

दमौली: न्यु स्टार युनाइटेड क्लबले दमौलीमा सेभन ए साइड खुल्ला पुरुष तथा महिला फुटबल प्रतियोगिता सुरु गरेको छ ।
प्रतियोगिताको हाल बेलायत बस्दै आएका व्यवसायी एवं समाजसेवी रजनजंग शाहीले उद्घाटन गरे ।

फुटबल खेल्ने र मन पराउने धेरै भए पनि पर्याप्त मैदान नै नहुँदा समस्या परेको उनले बताए ।
३० भन्दा बढी क्लबको सहभागीतामा हुने प्रतियोगिताको पुरुषतर्फ प्रथमलाई ५० हजार पाँच सय ५५ तथा दोश्रोलाई २५ हजार ५ सय २५ रुपैयाँ नगद तथा ट्रफी पुरस्कार प्रदान गरिने आयोजक क्लबका अध्यक्ष चोकबहादुर गुरुङले जानकारी दिए ।


महिलातर्फ प्रथम हुने टिमलाई नगद ५ हजार नगद ट्रफि र दोश्रो हुने टिमलाई मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन खेल अल स्टार क्लब आबुँखैरेनी र दुम्सी क्लब व्यास–१० का महिला खेलाडीबीच भएकामा २–१ले अल स्टार क्लब भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी