३४ औं नगर सभाःव्यास नगरपालिकाको बजेट तथा योजना संसोधनको तयारी

  • ख-
  • ख+

दमौलीः व्यास नगरपालिकाले चालु आर्थिक वर्षको बजेटमा केही संसोधन गर्ने भएको छ । मंगलबारबाट शुरु ३४ औं नगर सभामा यससम्बन्धी प्रस्ताव प्रस्तुत भएको छ । नगर उप प्रमुख मीरा जोशीद्वारा प्रस्तुत प्रस्तावमा बजेट, नीति तथा कार्यक्रम र आर्थिक विधेयकमा समेत संसोधनको प्रस्ताव गरिएको छ ।


कोभिडका कारण केही शीर्षकमा आम्दानी घटेको र चालु खर्चका लागि विनियोजित केही रकम खर्च नहुने अवस्थामा योजना र कार्यक्रमहरुमा नगर सभाले संसोधन गर्ने तयारी गरेको छ ।
नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकमा उनले नीति तथा कार्यक्रम सम्बन्धी समिक्षा विवरण प्रस्तुत गरेको नगरपालिकाले जनाएको छ ।


पहिलो दिनको बैठकमा नगर सभासद्हरु रविन पौडेल,चुडामणी दाहाल, बसुन्धरा घर्ती, कृष्णबहादुर विष्ट,सुन्दर वाग्ले, लक्ष्मीकान्त मिश्र, प्रदिप आचार्य, निरबहादुर ठकुरी, ढालप्रसाद घिमिरे, ज्ञानुमाया सुनार र कृष्णा खनालले सहभागीता जनाएको नगरपालिकाका अधिकृत मेघनाथ आचार्यले जानकारी दिए ।


नगरपालिकाद्वारा जारी विवरण अनुसार बैठकमा नगरपालिकाका लेखा समितिका संयोजक काजिमान श्रेष्ठले आर्थिक वर्ष २०७५÷०७६ सम्मको बेरुजु १० करोड ५० लाख सम्परीक्षणको प्रस्ताव गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्