‘निर्वाचन कि संसद पुनस्र्थापना कांग्रेस क्लियर हुनुप¥यो ‘

  • ख-
  • ख+

खैरेनीटारः तनहुँका कांग्रेस नेता कार्यकर्ताले पार्टीका नेताहरुको फरक धारका कारण कार्यकर्तामा द्विविधा भएको भन्दै एक मत बनाउन नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।


तनहुँ क्षेत्र नम्बर २ का नेताहरुले सरकारको विरोधमा एकमत भए पनि चुनावमा जाने वा संसद पुनस्र्थापनामा जाने भन्ने विषयमा द्विविधा रहेको भन्दै एक मत हुनुपर्ने आवाज उठाएका थिए । ‘हाम्रो पार्टीको आधिकारिक लाईन बेलैमा स्पष्ट भए कार्यकर्तामाझ जान सहज हुन्छ,’ सहभागीले भनेका थिए ।


कार्यवाहक क्षेत्रीय सभापति झुलबहादुर आलेको अध्यक्षतामा बसेको विस्तारित बैठकमा पार्टीमा अनुगमन , मुल्यांकन , प्रतिवेदन पद्धतिमा सुधार गर्नुपर्ने लगायत बिषय चर्को रुपमा उठेको थियो ।
‘विरोध सभामा नेताको अनुहार पनि फेरौं’
सरकारविरुद्ध विरोध प्रदर्शनमा एउटै अनुहार मात्र प्रस्तुत भएको भन्दै त्यसलाई फेर्नका लागि नेताहरुले सुझाव दिएका छन् ।

लामो समययता प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनमा उत्रिएको कांग्रेसले जिल्ला, क्षेत्र, प्रदेश, स्थानीय तथा वडास्तरसम्म पनि विरोध सभा गरेको छ ।


बैठकमा अझै थप विरोधका कार्यक्रम बाँकी रहेकै बेला जिल्लाका मात्र नेताले सम्बोधन गर्दा नयाँपन नदेखिने भन्दैसहभागीले जिल्ला बाहिरका केन्द्रीय नेतृत्व समेत ल्याउन सुझाव दिएका छन् ।
बैठकका एक सहभागीका अनुसार प्रभावशाली जिल्लाबाहिरका केन्द्रीय नेतालाई समेत सभामा स्थान दिनुपर्ने सुझाव केही नेताले दिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी