
काठमाडौं: सरकारले माघ ३० गते सोनाम ल्होछारको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले सोनाम ल्होछारलाई नयाँ वर्षको रुपमा तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले मनाउने गरेको कारण सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
यसअघि सरकारले कार्यदिन बढाउन भन्दै ल्होछार, माघे संक्रान्तिलगायतका चाड पर्वको बिदा कटौती गरेको थियो।