वैशाख १७ गते ४० जिल्ला र २७ गते ३७ जिल्लामा चुनाव

  • ख-
  • ख+

काठमाडौं : सरकारले पहिलो र दोस्रो चरणमा निर्वाचन गर्ने प्रदेशको बारेमा निर्वाचन आयोगलाई जानकारी गराउने भएको छ ।

नेपाल प्रेसका अनुसार मन्त्रिपरिषदको सोमवार बसेको बैठकले वैशाख १७ र २७ गते कुन कुन प्रदेशमा निर्वाचन सम्पन्न गर्ने भन्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङका अनुसार पहिलो चरणमा प्रदेश नम्बर २,गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा निर्वाचन हुनेछ । त्यस्तै दोस्रो चरणमा वैशाख २७ गते प्रदेश १,वागमती र कर्णालीमा हुनेछ ।

सुरक्षा परिषदको निर्णयलाई मन्त्रिपरिषद बैठकले पारित गरेको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी