शिक्षक सेवा अायाेगकाे पदाधिकारी नियुक्ति ढिलाइ प्रति मञ्चको अापत्ति

  • ख-
  • ख+

दमौली: काेभिड -१९ काे प्रभाव ले थिलाे थिलाे परेको विद्यालय शिक्षा लाई शिक्षक सेवा अायाेगकाे पदाधिकारी नियुक्ति काे ढिलाइले झन् अाक्रान्त पारेकाे भन्दै स्थायी शिक्षक हकहित मन्चले अापत्ति जनाउँदै अान्दाेलनकाे कार्यक्रम घाेषणा गरेको छ।

लाेकसेवा अायाेगका अध्यक्ष , त्रि वि उपकुलपति र शिक्षा सचिव रहेको ३ सदस्यीय समितिले शिक्षक सेवाको अध्यक्ष मा मधुप्रसाद रेग्मी , सदस्यमा डिल्लीराम रिमाल र नन्दकुमारी महर्जन लाई सिफारिस गरेको जानकारी २०७७ कार्तिक २२ गते प्रकाशित भएको थियोे ।

महिनौ वितिसक्दा पनि शिक्षक सेवा अायाेगकाे पदाधिकारी नियुक्तिमा ढिलाइ हुँदा रिक्त शिक्षक पदमा खुला विज्ञापन प्रकृया र शिक्षक बढुवा प्रक्रिया नराम्रो सग प्रभावित भएको छ। मा वि ,नि मा वि, प्रावि मा १३ हजार शिक्षक रिक्त रहेको विवरण केही हप्ता अघि सार्वजनिक भएतापनि याे संख्या दाेब्बर रहेको स्थायी हकहित मन्चका केन्द्रीय संयाेजक रमेशबावु भट्टराई ले बताए ।

याे अाकडा २०७५ मा तयार पारिएको हाे । २०७६/७७ मा अबकास भएका शिक्षकहरू काे अाकडा यसमा छैन भट्टराईले भने । शिक्षा जस्तो संवेदनशील क्षेत्रमा एेन निर्माण मा ढिलाइ , शिक्षक सेवा अायाेग पदाधिकारी नियुक्ति मा ढिलाइ , ई सि डि शिक्षक , विद्यालय कर्मचारी , राहत अस्थायी अादि शिक्षकहरू काे व्यवस्थापन मा रहेको ढिलाइले नारामा भनेजस्तो व्यवहारमा गुणस्तरीय शिक्षालाई चरितार्थ गर्न नसकिने उनकाे भनाइ थियो ।

माध्यमिक शिक्षा परिक्षा (SEE) काे व्यवस्थापन मा अन्याैल , शैक्षिकसत्र काे निर्धारण मा ढिलाइ ,काेभिड १९ बाट प्रभावित विद्यार्थी र शिक्षकहरूको तथ्यांक सङ्कलन नहुनु र शिक्षक विद्यार्थी लाई खाेपकाे प्राथमिकता मा नराखिनु राज्यको शिक्षा प्रतिकाे उदासीनता काे उदाहरण हाे भट्टराईले भने ।

संयाेजक भट्टराईले अब यी व्यतिथी र मुख्य गरि शिक्षक सेवा अायाेगकाे पदाधिकारी नियुक्तिको ढिलाइ काे विरूद्द मा साङ्केतिक रूपमा शिक्षा मन्त्रीलाई ध्यानाकर्षण गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

संविधानिक शिक्षा सेवा अायाेग बनाएर स्वतन्त्र रूपमा काम गर्ने वातावरण निर्माण गर्न का लागि शिक्षाको सबै सराेकारवाला हरू गाेलवन्द भएर विद्यालय शिक्षालाई राजनीतिक हस्तक्षेप बाट मुक्त गर्न सबैले दवाव सृजना गर्नु पर्ने भट्टराईले बताए ।

विद्यालयकाे पठनपाठनलाई प्रभाव नपार्ने गरि अान्दोलन मा एक्यवद्धता जनाई अान्दोलन लाई थप शसक्त र सृजनसील बनाउन सराेकारवाला पक्षलाई भट्टराईले अपिल गरेका छन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी