प्रतिपक्षीले नल्याउने, सत्तापक्षबाटै अविश्वासको प्रस्ताव आउने पनि कहिं हुन्छ ?: मुख्यमन्त्री गुरुङ

  • ख-
  • ख+

भानुः गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नै पार्टीले काम गर्न नदिएकाले बाध्य भएर प्रधानमन्त्री जनतामा गएको बताएका छन् ।

तनहुँको भानुमा पुरनडिही नगर अस्पतालको शिलान्यास गर्दै उनले प्रधानमन्त्री बन्ने प्रचण्ड र अध्यक्ष बन्ने माधवकुमार नेपालको चाहनाका कारण प्रधानमन्त्रीलाई काम गर्न नदिइएको आरोप लगाए ।


मुख्यमन्त्री गुरुङले एकै दिन देशैभर एक खर्ब बराबरको अस्पताल बनाउन पहल गरेको र विकास निर्माण, सीमा समस्या र तेल आयातसम्ममा प्रधानमन्त्रीले धेरै काम गर्न खोजे पनि आफ्नै दलका नेताले खुट्टा तानेर अविश्वासको प्रस्ताव ल्याए पछि बाध्य भएर जनतामा गएको बताए ।


‘आफूले हारेकोलाई अध्यक्ष दिने कुरा भएन,’ उनले भने,‘पार्टी महाधिवेशनसम्म कुर्नुस् भन्दा नकुरे पछि अनि जनतामा नगएर के गर्ने ? ’


गुरुङले विपक्षीले अविश्वासको प्रस्ताव नगरे पनि सत्तापक्षकै नेताबाट ६४ प्रतिशत मतप्राप्त दलको नेताविरुद्ध अविश्वासको प्रस्ताव आए पछि बाध्य भएर जनतामाझ गएको जिकिर गर्दै यो गलत नभएको बताए ।

‘पदको वार्गेनिङ र सौदाबाजी गर्दिन भनेर प्रधानमन्त्री जनतामा जानुभएको छ,’ मुख्यमन्त्रीले भने,‘लोकतन्त्रमा जनतामा जान्छु भन्नुलाई कसरी गलत भन्न सकिन्छ ?’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी