नेकपाका नेतासहित ३९ राप्रपामा

  • ख-
  • ख+

दमौलीः राष्ट्रिय प्रजातन्त्र पार्टीले विभिन्न पार्टी परित्याग गरी ३९ जना आफ्नो पार्टीमा प्रवेश गरेको जनाएको छ ।


पार्टी क्षेत्रीय कार्य समिति, क्षेत्र नम्बर २ तनहुँद्वारा आयोजित पार्टी प्रवेश तथा क्षेत्रीय यूवा समिति गठन कार्यक्रममा ती व्यक्ति प्रवेश गरेको र युवाको संख्या अधिक रहेको पार्टी केन्द्रीय सदस्य राजेन्द्र अधिकारीले बताए ।

उनले अझ थप व्यक्तिहरु पार्टीमा आउने दावी गरे ।

क्षेत्रीय अध्यक्ष फुलामायाँ कामीको अध्यक्षतामा भएको कार्यक्रममार्फत नेकपा त्यागेका प्रभात गिरीको अध्यक्षतामा ४३ सदस्यीय क्षेत्रीय यूवा कार्य समिति गठन भएको पार्टीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी