पराशरका विद्यार्थीको ‘ शत प्रतिशत स्तरीय नतिजा ‘

  • ख-
  • ख+

दमौली: पराशर कलेज दमौलीले कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई सम्मान गरेको छ।

शत प्रतिशत नतिजा निकालेको कलेजले विद्यार्थीको सम्मानमा आयोजित एक कार्यक्रममा त्रिवि शिक्षाशास्त्र सङ्कायका पूर्व डिन प्राडा कृष्णप्रसाद गौतमले कलेजले उत्कृष्ट नतिजा दिँदै आएको भन्दै विद्यार्थीलाई बधाई दिए ।

कलेजका सहायक प्रमुख मीनबहादुर कार्कीले कलेजले सामुदायिक कलेजले लिने शुल्क लिएरै दमौलीमा स्नातक तथा प्लस टुमा शिक्षा दिएको भन्दै उत्कृष्ट पढाई गरेको दावी गरे । उनले कलेजका धेरै विद्यार्थीले शिक्षा सेवा आयोग उत्तीर्ण गरेको विवरण पनि सुनाए ।

कार्यक्रममा अर्का सहायक प्रमुख नारायण ढकाल, प्रजातन्त्रवादी प्राध्यापक कलेज एकाई सभापति नवराज अर्याल, प्राध्यापक नन्दु थापा, निर्मला बानियाँ लगायतले कलेजले उच्च शिक्षा पनि उत्कृष्ट दिने भन्दै विद्यार्थीको उज्यालो भविश्यको शुभकामना दिए ।

कलेजले आफ्ना दुई सय १४ मध्ये शत प्रतिशत विद्यार्थी स्तरीय नतिजा ल्याउन सफल भएको भन्दै दुई जनाले ए प्लस तथा १५ जना ए श्रेणीमा परेको जानकारी दिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी